सुदूरपश्चिम भूगोलबाट कांग्रेस केन्द्रीय सदस्यमा रमेश ताम्राकारको उम्मेदवारी
द टन न्युज । काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रमेश ताम्राकारले सुदूरपश्चिम भूगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।
सुदूरपश्चिमको राजनीतिक, सामाजिक तथा संगठनात्मक प्रतिनिधित्वलाई केन्द्रमा राख्दै ताम्राकारले पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबी अघि सारेका हुन्। कांग्रेसको संगठनलाई थप सुदृढ, समावेशी र प्रभावकारी बनाउने उद्देश्यसहित आफू केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेको उनको भनाइ छ।
सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा कांग्रेसको संगठन विस्तार, कार्यकर्ताको भूमिका सुदृढीकरण तथा केन्द्र र जिल्लाबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयलाई ताम्राकारले प्राथमिकतामा राखेको बताइएको छ।
कांग्रेसको १५औँ महाधिवेशनलाई नेतृत्व चयनसँगै संगठनलाई नयाँ गति दिने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यही परिवेशमा सुदूरपश्चिमबाट केन्द्रीय सदस्य पदका लागि ताम्राकारको उम्मेदवारीले प्रदेशको प्रतिनिधित्वको विषयलाई पनि चर्चामा ल्याएको छ।
यसअघि नेपाली कांग्रेस सुदूरपश्चिमले कैलाली क्षेत्र नं. ४ बाट समानुपातिकतर्फ रमेश ताम्राकारसहित विभिन्न नेताहरूको नाम केन्द्रमा सिफारिस गरेको विवरण सार्वजनिक भएको थियो।
ताम्राकारले सुदूरपश्चिमको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म प्रभावकारी रूपमा उठाउने, संगठनलाई बलियो बनाउने र कार्यकर्तामाझ सहकार्य तथा समन्वयलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा सुदूरपश्चिम भूगोलबाट केन्द्रीय सदस्य पदमा ताम्राकारको उम्मेदवारीलाई प्रदेशको राजनीतिक प्रतिनिधित्वका दृष्टिले समेत हेरिएको छ।