बैतडी । बैतडीको पुर्चौडी–बडुगाउँ क्षेत्रमा जन्ती बोकेको बस दुर्घटनाको खबरले आफू अत्यन्तै पीडित भएको नेपाली कांग्रेसका नेता तथा बैतडीका उम्मेदवार चतुर बहादुर चन्द ले जनाउनुभएको छ। सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उहाँले दुर्घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
चन्दले दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकमा डुबेका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। साथै दुर्घटनामा घाइते भएकाहरूको शीघ्र उद्धार तथा प्रभावकारी उपचारको कामना समेत गर्नुभएको छ।
उहाँ नेपाली कांग्रेसका सक्रिय नेता मात्र नभई नेपाली क्रिकेट जगतलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेका व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। हालैको दुर्घटनापछि उहाँले सम्बन्धित निकायलाई उद्धार, उपचार र राहत कार्यमा तीव्रता दिन आग्रहसमेत गर्नुभएको छ।