चार राष्ट्रवादी युवा व्यवसायीको ऐक्यबद्ध समर्थनसहित ‘टन इलेक्सन क्याम्पेन २०८२’ भव्य रूपमा सुरु हुँदै
नेपालको लोकतान्त्रिक अभ्यास, समृद्धि र प्रगतिलाई नयाँ उचाइमा पुर्याउने दृढ संकल्पसहित टन इलेक्सन क्याम्पेन २०८२ औपचारिक रूपमा सुरु हुने भएको छ। टन मिडिया प्रालिको आयोजनामा सञ्चालन हुने यो अभियान नेपाल आम निर्वाचन २०८२ लाई लक्षित गर्दै सुरु गर्न लागिएको हो, जसको मतदान प्रक्रिया फागुन २१ गतेदेखि प्रारम्भ हुँदैछ।
यस ऐतिहासिक अभियानका मुख्य प्रायोजकका रूपमा अमेरिका, क्यालिफोर्नियामा स्थापित चार जना प्रभावशाली, राष्ट्रवादी तथा सफल युवा नेपाली व्यवसायी—अनिल पाण्डे, प्रिन्स युवराज कार्की, सागर थापा र धिराज कार्की—एक सशक्त खम्बाका रूपमा उभिएका छन्।विदेशमा रहेर पनि मातृभूमिप्रतिको गहिरो माया, जिम्मेवारी र राष्ट्रप्रेमको अनुपम उदाहरण प्रस्तुत गर्दै यी व्यवसायीहरूले नेपालको निर्वाचन प्रक्रिया भव्य, सभ्य र सफल होस् भन्ने कामनासहित यो अभियानलाई पूर्ण समर्थन गरेका हुन्। उनीहरूको यो ऐक्यबद्धता नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।
कञ्चनपुरबाट सुरु हुँदै ‘आम निर्वाचन महासंग्राम २०८२’
टन मिडिया प्रालिले सञ्चालन गर्ने विशेष कार्यक्रम “आम निर्वाचन महासंग्राम २०८२” देशको पश्चिमी भूभाग कञ्चनपुरबाट सुरु हुने भएको छ। कार्यक्रमका प्रमुख होस्ट चर्चित सञ्चारकर्मी एचबी ताम्राकार रहनु भएको छ, जसले अभियानलाई अझ प्रभावशाली र जनमुखी बनाउने विश्वास गरिएको छ।
Everest Cuisine र Mother Nepal मुख्य टाइटल स्पोन्सरयस राष्ट्रव्यापी अभियानका मुख्य टाइटल स्पोन्सरका रूपमा
Everest Cuisine (Mountain View | San Jose) र Mother Nepal रहेका छन्। नेपाली पहिचान, संस्कृति र राष्ट्रहितलाई विश्वभर प्रवर्द्धन गर्दै आएका यी संस्थाहरूको साथले कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने अपेक्षा गरिएको छ।
समृद्ध नेपालको पक्षमा प्रवासबाटै बलियो समर्थन
क्यालिफोर्नियामा रहेर पनि नेपाली चुनावप्रति गहिरो चासो र जिम्मेवारी देखाउँदै यी चार युवा व्यवसायीहरूले दिएको समर्थनले स्पष्ट सन्देश दिएको छ—
नेपालको भविष्यप्रति प्रवासी नेपाली उदासीन छैनन्, उनीहरू परिवर्तन र समृद्धिको पक्षमा दृढतापूर्वक उभिएका छन्।
टन इलेक्सन क्याम्पेन २०८२ ले सचेत मतदाता, निष्पक्ष निर्वाचन र समृद्ध नेपालको यात्रामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
Vote for Change and Prosperity