घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादमा गोरख बहादुर विष्ट (आनन्द)

theoutsidenepal.com

कैलाली ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै कैलाली क्षेत्र नं. ४ का नेपाली कांग्रेसका उम्मेदवार **गोरख बहादुर विष्ट (आनन्द)**ले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। यसैक्रममा आज गौरीगंगा नगरपालिकाका वडा नं. ३ देखि ६ सम्मका विभिन्न टोल–बस्तीहरूमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ।


घरदैलोका क्रममा विष्टले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रको विकास, जनजीविका सुधार र समग्र समृद्धिका विषयमा आफ्ना योजना तथा प्रतिबद्धता प्रस्तुत गरेका थिए। कार्यक्रममा स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको बताइएको छ।


कार्यक्रमपछि उम्मेदवार विष्टले घरदैलोमा सहभागी भई साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दै भोलि पुनः भेट्ने प्रतिबद्धता जनाएका छन्। उनले मतदाताको माया, साथ र विश्वासकै बलमा कैलाली क्षेत्र नं. ४ को समग्र विकासका लागि निरन्तर काम गर्ने बताएका छन्।


चुनाव नजिकिँदै जाँदा कैलाली–४ मा उम्मेदवारहरूबीच घरदैलो तथा जनसम्पर्क कार्यक्रम थप सक्रिय बन्दै गएको छ।


प्रतिक्रिया