प्रधानमन्त्री बालेनसँग चार घण्टा लामो भेटपछि रवि लामिछाने सभामुख अर्याललाई भेट्न सिंहदरबारमा
द टन न्युज । काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। सभामुखलाई भेट्न लामिछाने बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्ष पुगेका हुन्।
सभामुखको सचिवालयका अनुसार लामिछाने र सभामुख अर्यालबीच करिब २० मिनेट भेटवार्ता भएको थियो। सचिवालयले उक्त भेटलाई अनौपचारिक भेटका रूपमा जनाएको छ।
यसअघि बुधबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीच चार घण्टा लामो भेटवार्ता भएको थियो। प्रधानमन्त्रीसँगको भेटको भोलिपल्टै लामिछाने सभामुख अर्याललाई भेट्न सिंहदरबार पुगेका हुन्।
लगातार दुई दिन भएका यी भेटघाटले राजनीतिक वृत्तमा चासो बढाएको छ। यद्यपि, प्रधानमन्त्री र सभामुखसँग भएका भेटवार्तामा के विषयमा छलफल भयो भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
— द टन न्युज