पिताम्बर जोशीद्वारा नेपाली कांग्रेसको नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना

theoutsidenepal.com

पिताम्बर जोशीद्वारा नेपाली कांग्रेसको नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना


काठमाडौँ । शक्तिशाली व्यवसायी तथा स्वतन्त्र नेता पिताम्बर जोशीले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।


सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको स्टाटसमा जोशीले २००७ सालदेखि निरन्तर रूपमा देश र प्रत्येक आन्दोलन तथा संघर्षमा अग्रसर रहँदै आएको नेपालको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गरेका छन्। उनका अनुसार महाधिवेशनले अध्यक्ष पद मात्र होइन, निर्वाचन आयोगको दर्ता पुस्तिकामा पार्टीलाई आधिकारिक तथा वैधानिक रूपमा सूचीकरण गराउन सफल भएको छ।


जोशीले नवनिर्वाचित सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई बधाई दिँदै देश, लोकतन्त्र र जनताको सेवामा उनीहरूको नेतृत्व अझ सशक्त, पारदर्शी र प्रेरणादायी बनोस् भन्ने कामना व्यक्त गरेका छन्।


उनले नेपाली कांग्रेसको यो नयाँ यात्राले लोकतान्त्रिक मूल्य, सुशासन र जनअपेक्षालाई संस्थागत गर्दै देशलाई स्थायित्व र समुन्नतिको दिशामा अघि बढाउने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया