रसुवामा रातभर उद्धार जारी राख्न प्रधानमन्त्री बालेन शाहको निर्देशन
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा पर्यटकको उद्धार र खोजी कार्यलाई तीव्रता दिन प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिएका छन्।
बाढीका कारण ठूलो संख्यामा नागरिक तथा विदेशी पर्यटकसमेत प्रभावित भई सम्पर्कविहीन रहेको अवस्थामा उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
नेपाली सेनासहितका सुरक्षा निकायले रातभर जमिन तथा हवाई माध्यमबाट खोज तथा उद्धार कार्य जारी राख्ने तयारी गरेका छन्। टिमुरेभन्दा माथिल्लो क्षेत्रमा रहेका प्रभावितको हवाई उद्धार तथा विभिन्न टनेलमा फसेका व्यक्तिको उद्धारलाई प्राथमिकतामा राखिएको छ।
प्रधानमन्त्री शाहले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा उपचारलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक सबै स्रोत–साधन परिचालन गर्न निर्देशन दिएका छन्।
रसुवाको बाढीपछि नेपाली सेनाले ठूलो संख्यामा जनशक्ति तथा हेलिकप्टर परिचालन गरी उद्धार, खोजी तथा राहत वितरण गरिरहेको छ।
#RasuwaFlood #Bhotekoshi #BalenShah #NepaliArmy #RescueOperation #FloodRescue #NepalFlood #SearchAndRescue