जेन्जीको भावनासमेत समेटिएको चलचित्र ‘बिगुल’ फागुन १ बाट प्रदर्शनमा

theoutsidenepal.com

फागुन १ गते देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘बिगुल’ को प्रचार–प्रसार अभियान तीव्र रुपमा चलिरहेको छ। निर्देशक रमेश कोइराला, कथाकार–निर्माता दिनेश कोइराला र अभिनेता नरेन खड्का सहितको टोलीले विभिन्न ठाउँमा दर्शकसँग भेटघाट गर्दै फिल्मबारे जानकारी गराइरहेका छन्।


निर्माता दिनेश कोइरालाका अनुसार, “हामी पुगेका प्रत्येक स्थानमा दर्शक ‘बिगुल’ हेर्न आतुर देखिन्थे। स्थानीय बुद्धिजीवी, सञ्चारकर्मी, नेपाल जेसिसका पदाधिकारी, विद्यालय–कलेज तथा विभिन्न पेशाकर्मीबाट सहयोग प्राप्त भयो। फिल्मले उठाएको जनताको आवाजप्रति सबै सकारात्मक छन्।”


अभिनेता नरेन खड्काले फिल्म हरेक उमेर र समुदायका दर्शकलाई जोड्ने सामग्री बोकेको विश्वास व्यक्त गरे भने, निर्देशक रमेश कोइरालाले भुँइमान्छेको कथा बोल्ने फिल्मले समसामयिक राजनीतिक यथार्थ, पारिवारिक जिम्मेवारी र आम नेपालीका मौलिक हक–अधिकारको विषय उठाएको बताए।


फिल्ममा बेनीशा हमाल, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, नवअभिनेत्री मीरा पण्डित, मानश्री शर्मा र रवीन्द्र खड्का को अभिनय रहेको छ।


प्रतिक्रिया