अन्तर्राष्ट्रिय महिला दिवस २०२६: अमेरिकामा घरेलु हिंसा र पारपाचुके विषयमा विशेष भर्चुअल अन्तरक्रिया

theoutsidenepal.com

अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसरमा गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका र US Nepal Today को संयुक्त आयोजनामा महत्वपूर्ण भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरिँदैछ।


यस वर्षको कार्यक्रमको मुख्य विषय “अमेरिकामा घरेलु हिंसा र पारपाचुके किन बढ्दै छ?” रहेको छ। पछिल्लो समय प्रवासी नेपाली समुदायभित्र देखिँदै आएको वैवाहिक द्वन्द्व, घरेलु हिंसा र पारिवारिक विघटनका घटनालाई मध्यनजर गर्दै सचेतना र समाधानमुखी बहस गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।



कार्यक्रम विवरण:



  • मिति: आइतबार, मार्च ८, २०२६
  • समय: बिहान ९:३० बजे (EST) | बेलुका ८:१५ बजे (काठमाडौं समय)
  • प्रसारण: NRNA NCC USA र US Nepal Today को आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष (LIVE)




वक्ता तथा सहजकर्ताहरू:



विषयवस्तुको गहिराइमा पुगेर कानुनी, सामाजिक र मनोवैज्ञानिक पक्षमा प्रकाश पार्न विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ:


  1. यशोदा तिम्सिना – सहजकर्ता, पूर्व आयुक्त, राष्ट्रिय सूचना आयोग
  2. खगेन्द्र जी.सी. – वरिष्ठ अध्यागमन अधिवक्ता
  3. डा. विष्णु माया परियार – कमिस्नर, न्यू जर्सी गभर्नर फर AAPI; पूर्व उपाध्यक्ष NRNA ICC
  4. डा. शिलु घिमिरे न्यौपाने – PhD, CFLE; Adjunct Professor, Texas Woman’s University




कार्यक्रम संयोजक:



  • सुनिता खत्री नेपाल – उपाध्यक्ष, NRNA NCC USA
  • सरिता गुरुङ – सामुदायिक संलग्नता



आयोजकका अनुसार कार्यक्रमले विशेष गरी अमेरिकामा बसोबास गर्ने नेपाली महिलाहरूले भोगिरहेका चुनौती, कानुनी अधिकार, सामाजिक सहयोग प्रणाली र समाधानका उपायहरूबारे खुला बहस गर्नेछ।


थप जानकारीका लागि www.nrnusa.org, info@nrnusa.org वा फेसबुक पेज /nrnanccusa मा सम्पर्क गर्न सकिने जनाइएको छ।


महिला सशक्तीकरण, पारिवारिक समन्वय र सुरक्षित समाज निर्माणका लागि यो कार्यक्रम महत्वपूर्ण मञ्च बन्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया