रसुवामा सुरुङ उद्धारका लागि चिनियाँ टोली आउँदै, चिनियाँ सैन्य टोली सिधै घटनास्थल पुग्ने तयारी

theoutsidenepal.com

रसुवामा सुरुङ उद्धारका लागि चिनियाँ टोली आउँदै, चिनियाँ सैन्य टोली सिधै घटनास्थल पुग्ने तयारी

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट विशेषज्ञ टोली नेपाल आउने भएको छ।

बाढीका कारण निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङमा ठूलो मात्रामा हिलो तथा माटो भरिएपछि उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। घटनास्थलमा अझै ठूलो संख्यामा मानिस फसेको आशंका गरिएको छ। 

पछिल्लो विवरणअनुसार चीनले सुरुङ उद्धारमा सहयोग गर्न विशेषज्ञ टोली पठाउने तयारी गरेको छ। नेपाली पक्षसँग समन्वय गर्दै चिनियाँ टोलीलाई रसुवाको प्रभावित क्षेत्रमा परिचालन गर्ने तयारी भइरहेको जनाइएको छ। 

यसअघि नेपाली सेनाले बाढीपछि जलविद्युत् आयोजनाको सुरुङमा फसेका ३५० जना कामदार तथा स्थानीयको उद्धार गरिसकेको जनाएको थियो। 

चिनियाँ टोलीको आगमनले अत्यन्त जोखिमपूर्ण बनेको सुरुङभित्रको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

भोटेकोशी बाढीपछि रसुवामा जारी उद्धार अभियानमा नेपाल, भारत र चीनका विशेषज्ञ तथा सुरक्षा निकायबीचको सहकार्य थप महत्वपूर्ण बन्दै गएको छ। 


प्रतिक्रिया