काठमाडौं — बालेन्द्र साह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीको उम्मेदवार बनेका साहले शुक्रबार मध्यान्ह पद तथा गोपनीयताको सपथ लिने भएका छन्।
प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका वरिष्ठ नेता साहको सपथग्रहणको साइत शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटमा तय गरिएको छ।
सपथग्रहण समारोहलाई धार्मिक तथा सांस्कृतिक रूपमा विशेष बनाउने तयारी गरिएको छ। प्राप्त जानकारी अनुसार ७ जना ब्राह्मणद्वारा शंखनाद गरिनेछ भने १०८ जना बटुकले स्वस्ति वाचन गर्नेछन्। साथै १०७ जना बौद्ध लामा गुरुहरूबाट मंगल वाचन गराउँदै सपथ कार्यक्रम सम्पन्न गरिने बताइएको छ।
यस प्रकारको सांस्कृतिक समन्वयसहितको सपथग्रहणले देशको विविध धार्मिक परम्परालाई समेट्ने प्रयास गरिएको आयोजक पक्षले जनाएको छ।
25 March 2026