दिल्लीमा रवि लामिछानेको स्वागत कार्यक्रम आयोजना हुँदै

theoutsidenepal.com

दिल्लीमा रवि लामिछानेको स्वागत कार्यक्रम आयोजना हुँदै

नयाँ दिल्ली, भारत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को स्वागतमा भारतको राजधानी नयाँ दिल्लीमा विशेष कार्यक्रम आयोजना हुने भएको छ।

प्रवास नेपाली सम्पर्क मञ्च, भारतद्वारा आयोजित उक्त स्वागत कार्यक्रम आगामी जुन ४, २०२६ (२१ जेठ २०८३), बिहीबार दिउँसो ३ बजे आयोजना गरिने आयोजकले जनाएको छ।

कार्यक्रम लाजपत भवन अडिटोरियम, लाजपत नगर, दक्षिण दिल्ली मा हुने छ। आयोजकका अनुसार कार्यक्रममा भारतमा बसोबास गर्ने नेपाली समुदाय, रास्वपा समर्थक, बुद्धिजीवी, व्यवसायी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।


सार्वजनिक गरिएको निमन्त्रणापत्रमा “अब ८ दिन बाँकी” उल्लेख गर्दै कार्यक्रममा सहभागी हुन सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रममार्फत प्रवासमा रहेका नेपालीहरूसँग प्रत्यक्ष संवाद, समसामयिक राजनीतिक विषयमा छलफल तथा नेपाल र प्रवासी नेपाली समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य रहेको आयोजकले जनाएको छ।

प्रवास नेपाली सम्पर्क मञ्च, भारतले कार्यक्रमलाई भव्य र सफल बनाउन सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिका लागि आग्रह गरेको छ।

कार्यक्रम विवरण:

  • मिति: ४ जुन २०२६ (२१ जेठ २०८३)
  • समय: दिउँसो ३:०० बजे
  • स्थान: लाजपत भवन अडिटोरियम, लाजपत नगर, दक्षिण दिल्ली, भारत
  • आयोजक: प्रवास नेपाली सम्पर्क मञ्च, भारत

कार्यक्रमलाई लिएर भारतस्थित नेपाली समुदायमा उत्साह बढ्दै गएको आयोजकहरूको भनाइ छ।


प्रतिक्रिया