बागमती प्रदेश खेलकुदमा चितवनको स्वर्णिम सफलता, क्रिकेटतर्फ च्याम्पियन

theoutsidenepal.com

बागमती प्रदेश खेलकुदमा चितवनको स्वर्णिम सफलता, क्रिकेटतर्फ च्याम्पियन

हेटौँडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटतर्फ चितवनले ललितपुरलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएको छ।


चितवनको ऐतिहासिक सफलताप्रति खेलप्रेमी तथा सरोकारवालाहरूले खुसी व्यक्त गरेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको चितवन जिल्ला क्रिकेट टोलीलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ।


यसैबीच प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामालाई जिम्मेवारीपूर्ण नेतृत्वका लागि धन्यवाद ज्ञापन गरिएको छ।


हेटौँडामा सम्पन्न प्रतियोगिताले बागमती प्रदेशमा खेलकुद विकास र खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकहरूको भनाइ छ।


पूर्व क्रिकेटर अनिल अधिकारी ले टन मिडिया ग्रुप लाई जानकारी दिनु भयो । उनी नेपाली क्रिकेट जगतलाई यो उचाई सम्म पुर्याउने एक होनहार युवा पनि हुन् । 


प्रतिक्रिया