देविका केसी एनआरएनए ICC सह–कोषाध्यक्षमा मनोनीत, भुवन खरेलद्वारा बधाई

theoutsidenepal.com

देविका केसी एनआरएनए ICC सह–कोषाध्यक्षमा मनोनीत, भुवन खरेलद्वारा बधाई

द टन न्युज | काठमाडौं

नेपाली कला, संस्कृति र संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार देविका केसी गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को सह–कोषाध्यक्ष पदमा मनोनीत हुनुभएकोमा एनआरएनए अमेरिकाज रिजनका क्षेत्रीय संयोजक (Regional Coordinator) भुवन खरेलले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।

खरेलले देविका केसीको कला, संस्कृति र मातृभूमिप्रतिको समर्पणको प्रशंसा गर्दै नयाँ जिम्मेवारीले नेपाली समुदायको सेवा र अन्तर्राष्ट्रियस्तरमा नेपाली कला–संस्कृतिको प्रवर्द्धनमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।


आगामी एनआरएनए अमेरिकाज रिजनल सम्मेलनमा देविका केसीको सांगीतिक प्रस्तुति सुन्न संसारभरका नेपालीहरू उत्साहपूर्वक प्रतीक्षारत रहेको उल्लेख गर्दै खरेलले उहाँको सांगीतिक प्रस्तुतिले सम्मेलनलाई थप विशेष बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

खरेलले देविका केसीको नयाँ जिम्मेवारी सफल, प्रेरणादायी र नेपाली समुदायको हितमा प्रभावकारी रहोस् भन्ने शुभकामना दिनुभएको छ।


प्रतिक्रिया