अमेरिकाबाट भोटेकोशी बाढीपीडितका लागि करिब ९३ हजार डलर सहयोग हस्तान्तरण

theoutsidenepal.com

अमेरिकाबाट भोटेकोशी बाढीपीडितका लागि करिब ९३ हजार डलर सहयोग हस्तान्तरण

अमेरिकाको भर्जिनियामा सक्रिय अमेरिका नेपाल सहयोगी समाज (America Nepal Helping Society – ANHS) ले नेपालमा हालै आएको रसुवा–भोटेकोशी बाढीपहिरोबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि संकलन गरेको $92,964 अमेरिकी डलर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका विभिन्न उच्चस्तरीय बैठक तथा कार्यक्रमहरूमा सहभागी हुन न्यूयोर्कमा रहनुभएका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी ANHS का पदाधिकारी तथा प्रतिनिधिहरूले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। परराष्ट्रमन्त्री खनाल UNGA81 का कार्यक्रमहरूका लागि न्यूयोर्कमा रहेको अवस्था छ। 

भर्जिनियाबाट न्यूयोर्क पुगेर नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क (Consulate General of Nepal, New York) मा आयोजित भेटका क्रममा ANHS प्रतिनिधिहरूले विपद्को घडीमा मातृभूमिप्रतिको जिम्मेवारी र प्रवासी नेपालीहरूको ऐक्यबद्धता प्रकट गर्दै सहयोग हस्तान्तरण गरेका हुन्।

$92,964 को यो सहयोग केवल आर्थिक रकम मात्र होइन—विपद्मा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति अमेरिकामा रहेका नेपालीहरूको माया, सहानुभूति र साथको प्रतीक पनि हो। मातृभूमिलाई दुःख पर्दा संसारको जुनसुकै कुनामा रहेका नेपालीहरू एकजुट हुन सक्छन् भन्ने सन्देश यस अभियानले दिएको छ। अमेरिका नेपाल सहयोगी समाजले भोटेकोशीमा हिम सुनामी गएको लगत्तै भर्जिनियाको न्याक भवनमा दीप प्रज्वलन गरेर मृतकहरुप्रति भावपूर्वक सम्मान र श्रद्धासुमन अर्पण गरेको थियो! 

यस मानवीय अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण दाताहरू, स्वयंसेवकहरू, ANHS का पदाधिकारी तथा शुभेच्छुकहरूप्रति हार्दिक सम्मान तथा धन्यवाद। 🙏🇳🇵🇺🇸 @highlight Kedar Prasad Timsina Madhu Panthi Balen Bijay Ojha

प्रतिक्रिया