विशेष अदालतबाट विष्णु पौडेललाई ३ दिन म्याद थप

theoutsidenepal.com

काठमाडौं, असार १५ – विष्णु पौडेल विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि ३ दिनको म्याद थप गरिएको छ।

सम्पत्ति शुद्धीकरण विभागले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पौडेललाई म्याद थपका लागि आज विशेष अदालत मा उपस्थित गराएको थियो।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइराला को इजलासले ३ दिनको म्याद थपको अनुमति दिएको जनाइएको छ। आदेशअनुसार उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा पठाइएको छ।

प्रतिक्रिया