सुनसरी हिंसापछि प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने

theoutsidenepal.com

सुनसरी हिंसापछि प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने


प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधनको तयारी पूरा गर्ने काम भइरहेको भए पनि सम्बोधन गर्ने समय भने अझै निश्चित भइसकेको छैन।

सुनसरीसहित मधेस प्रदेशका विभिन्न जिल्लामा बढ्दै गएको हिंसात्मक गतिविधि र त्यसबाट उत्पन्न सुरक्षा अवस्थालाई केन्द्रमा राखेर प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

यसअघि नै प्रधानमन्त्री शाहले गृहमन्त्री सुधन गुरुङलाई सुनसरी पुगेर घटनास्थलको अवस्था बुझ्न, सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा आवश्यक समन्वय गर्न निर्देशन दिइसकेका छन्।

सरकारले पछिल्लो घटनाक्रमलाई गम्भीर रूपमा लिँदै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आवश्यक कदम अघि बढाइरहेको जनाएको छ। प्रधानमन्त्रीको सम्बोधनमा वर्तमान सुरक्षा अवस्था, सरकारका आगामी कदम तथा नागरिकलाई शान्ति र संयम अपनाउन आग्रह गरिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया