डा. अबुल हुसैन अन्सारीद्वारा क्यान्सर पीडित सुल्तान शाहलाई आर्थिक सहयोग

theoutsidenepal.com

[स्थान]: समाजसेवी तथा एमालेका युवा नेता एवं व्यवसायी डा. अबुल हुसैन अन्सारीले क्यान्सर पीडित सुल्तान शाहलाई उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले १० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ।


डा. अन्सारीले व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्दै सुल्तान शाहको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। साथै, उहाँले आगामी दिनमा सुल्तान शाहको उपचारका लागि थप आर्थिक सहयोग जुटाउन समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


उहाँले गम्भीर रोगसँग लडिरहेका बिरामीहरूलाई सहयोग गर्नु सामाजिक दायित्व भएको उल्लेख गर्दै, समाजका अन्य सक्षम व्यक्ति तथा संस्थाहरूलाई पनि यस्ता मानवीय कार्यमा हातेमालो गर्न आग्रह गर्नुभएको छ।


स्थानीयस्तरमा डा. अन्सारीको यस सहयोगलाई सकारात्मक र प्रेरणादायी कदमका रूपमा लिइएको छ।


प्रतिक्रिया