तमिलनाडुमा राजनीतिक उलटफेर, थलपति विजयको शपथ ग्रहण अन्योलमा

theoutsidenepal.com

तमिलनाडुमा राजनीतिक उलटफेर, थलपति विजयको शपथ ग्रहण अन्योलमा


तमिलनाडुमा अभिनेता तथा राजनेता Thalapathy Vijay नेतृत्वको दल TVK (तमिलगा वेत्रि कझगम) का मुख्यमन्त्री बन्ने दाबीपछि देखिएको राजनीतिक समीकरणमा फेरबदल आएको छ।


शुक्रबारसम्म वाम दलहरूको समर्थन र वीसीके (VCK) को साथ पाएको खबरसँगै TVK को समर्थन संख्या ११८ विधायकमध्ये पुगेको दाबी गरिएको थियो। तर पछिल्लो अपडेट अनुसार राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरसमक्ष पेश गरिएको सरकार गठन दाबीमा समर्थन संख्या घटेर ११६ मा झरेको बताइएको छ।


यससँगै विजयको शपथ ग्रहण समारोह अनिश्चित बनेको छ। राज्यपाल कार्यालय स्रोतका अनुसार बहुमत स्पष्ट रूपमा प्रमाणित नभएकाले उनलाई हालसम्म शपथका लागि औपचारिक निम्तो दिइएको छैन।


तर अर्कोतर्फ, शुक्रबार विजयले राज्यपालसँग भेट गरेपछि भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) कार्यालयमा पनि पुगेका थिए, जहाँ उनको स्वागत गरिएको थियो।


यसैबीच, चेन्नईको नेहरू स्टेडियममा शपथ ग्रहण समारोहका लागि तयारी भइरहेको चर्चा छ। यसअघि सीपीआई(एम) नेता के. बालाकृष्णनले शनिबार बिहान ११ बजे शपथ हुने दाबी गरेका थिए, तर पछिल्लो राजनीतिक परिस्थितिले त्यो समयतालिका पनि अनिश्चित बनेको छ।


तमिलनाडुको राजनीतिक मैदानमा अचानक आएको यो मोडले अब सरकार गठन प्रक्रिया अझ पेचिलो बन्ने संकेत देखाएको छ।


प्रतिक्रिया