प्रवासी नेपालीको पूँजी नेपाल पुनर्निर्माणमा परिचालन गर्ने तयारी, Diaspora Investment Company को विशेष अन्तरक्रिया हुँदै

theoutsidenepal.com

प्रवासी नेपालीको पूँजी नेपाल पुनर्निर्माणमा परिचालन गर्ने तयारी, Diaspora Investment Company को विशेष अन्तरक्रिया हुँदै

द टन न्युज । काठमाडौं ।
नेपालको पुनर्निर्माण, भौतिक पूर्वाधार तथा विकास निर्माणमा विश्वभर छरिएर रहेका प्रवासी नेपालीको पूँजी, ज्ञान र अनुभवलाई व्यवस्थित रूपमा परिचालन गर्ने उद्देश्यसहित Diaspora Investment Limited Company ले विशेष अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।

अमेरिका, क्यानाडा, युरोप तथा अफ्रिकामा बसोबास गरिरहेका प्रवासी नेपालीलाई लक्षित गर्दै आयोजना हुन लागेको उक्त विशेष Zoom छलफल तथा अन्तरक्रिया कार्यक्रम आगामी शनिबार, सेप्टेम्बर १९, २०२६ मा साँझ ७ बजे (नेपाल समय) हुनेछ। कार्यक्रममा कम्पनीको उद्देश्य, अवधारणा, लगानी योजना तथा नेपालको पुनर्निर्माण र विकास निर्माणमा कम्पनीले खेल्न सक्ने भूमिकाबारे विस्तृत जानकारी तथा छलफल गरिने आयोजकले जनाएको छ।

नेपालको विकासका लागि विदेशमा रहेका नेपालीको आर्थिक सामर्थ्यलाई एकीकृत र संस्थागत ढंगले परिचालन गर्ने अवधारणालाई अघि बढाउँदै Diaspora Investment Limited Company निर्माण गरिएको बताइएको छ। कम्पनीमार्फत प्रवासी नेपालीलाई नेपालको पूर्वाधार, पुनर्निर्माण तथा सम्भावनायुक्त विकास परियोजनामा लगानीका अवसर उपलब्ध गराउने विषयमा समेत अन्तरक्रिया हुने जनाइएको छ।

कार्यक्रमका लागि NRNA ICC का निवर्तमान अध्यक्ष तथा City Express Money Transfer Japan का प्रमुख महेश कुमार श्रेष्ठ ले प्रवासी नेपालीहरूलाई विशेष सहभागिताका लागि आह्वान गर्नुभएको छ। श्रेष्ठसहित कम्पनीका निर्देशकहरू जीवा लामिछाने, रबिन शेर्चन, राज रेग्मी, सपना सापकोटा, स्वतन्त्र निर्देशक दिपेश खनाल तथा बिजनेस निर्देशक उषा खटिवडा लगायतको सहभागिता रहेको कम्पनीले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रममा Diaspora Investment Company Limited सम्बन्धी विस्तृत जानकारी, कम्पनीको अवधारणा, लगानीको सम्भावना तथा आगामी योजनाबारे प्रत्यक्ष रूपमा जानकारी दिइनेछ। यस विषयमा चासो राख्ने सम्भावित लगानीकर्ता तथा प्रवासी नेपालीहरूलाई समेत Zoom कार्यक्रममा सहभागी गराउन र बैठकको लिंक शेयर गर्न आग्रह गरिएको छ।

कार्यक्रम विवरण:
📅 मिति: सेप्टेम्बर १९, २०२६ (शनिबार)
🕖 समय: साँझ ७:०० बजे (नेपाल समय)
💻 माध्यम: Zoom
Meeting ID: 867 4041 5213
Passcode: 443944

नेपालको विकास यात्रामा विदेशमा रहेका नेपालीको लगानीलाई संस्थागत रूपमा जोड्ने प्रयासका रूपमा हेरिएको यस कार्यक्रमले ‘प्रवासीको पूँजी, नेपालको समृद्धि’ भन्ने अवधारणालाई थप बहसमा ल्याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया