‘द टन न्युज’ का प्रधान सम्पादक एचबी ताम्राकारद्वारा उपसभापति विनोद चौधरीलाई बधाई तथा ‘टोकन अफ लभ’ प्रदान

theoutsidenepal.com

द टन न्युजका प्रधान सम्पादक एचबी ताम्राकारद्वारा उपसभापति विनोद चौधरीलाई बधाई तथा ‘टोकन अफ लभ’ प्रदान

द टन न्युज । काठमाडौं ।

नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति एवं लोकप्रिय व्यवसायी विनोद चौधरीलाई बधाई तथा शुभकामना व्यक्त गर्न द टन न्युजका प्रधान सम्पादक एचबी ताम्राकार ‘द चौधरी भिल्ला’ पुगेका छन्।


चौधरीको निजी निवास ‘The Chaudhary Villa’ मा भएको भेटका क्रममा प्रधान सम्पादक ताम्राकारले द टन न्युजको तर्फबाट उपसभापति चौधरीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। सो अवसरमा ताम्राकारले चौधरीलाई मायाको चिनोस्वरूप सानो ‘टोकन अफ लभ’ समेत प्रदान गरे।


नवनिर्वाचित उपसभापति चौधरीले ताम्राकारलाई आफ्नो निवासमा आमन्त्रण गरेका थिए। भेटका क्रममा आपसी शुभेच्छा तथा समसामयिक विषयमा कुराकानी भएको थियो।


द टन न्युज परिवारले नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित हुनुभएकोमा विनोद चौधरीलाई हार्दिक बधाई दिँदै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।



प्रतिक्रिया