मोरङ–४ मा युवा उभार: अमनलाल मोदीको पक्षमा माहौल तातेको दाबी

theoutsidenepal.com

मोरङ क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अमनलाल मोदी को पक्षमा चुनावी माहौल तातेको दाबी गरिएको छ। एक नेपाली राजनीतिज्ञ तथा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहनुभएका मोदीले आफ्नो कार्यकालमा सुरु गरिएका योजनालाई पूर्णता दिने प्रतिबद्धता दोहोर्‍याउनुभएको छ।


विशेषगरी झापा बैजनाथपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया आफ्नो मन्त्रीकालमै अघि बढाइएको र अब त्यसलाई पूर्णता दिने लक्ष्य रहेको उहाँले बताउनुभएको छ। खेल पूर्वाधार, युवा सशक्तीकरण र क्षेत्रीय विकासलाई प्राथमिकतामा राख्दै मोदीले मोरङ–४ लाई नयाँ विकास गन्तव्य बनाउने दाबी गर्नुभएको छ।


“परिवर्तनका लागि युवा नेतृत्व” भन्ने नारासहित चुनावी मैदानमा उत्रिनुभएका मोदीलाई समर्थकहरूले “भीजनरी युवा, देश बनाउने युवा, अनुभवी नेता”का रूपमा प्रस्तुत गरिरहेका छन्।


मोरङ–४ मा विकास, रोजगारी र पूर्वाधार विस्तारका एजेन्डासहित चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ।


प्रतिक्रिया