एनआरएनए १२औँ महाधिवेशनबाट युवा उपाध्यक्षमा भीमसेन थापा सर्वसम्मत चयन, शुभकामनाको ओइरो

theoutsidenepal.com

काठमाडौं । गैरआवासीय नेपाली संघ (Non-Resident Nepali Association – NRNA) को १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट युवा उपाध्यक्ष पदमा भीमसेन थापा सर्वसम्मत रूपमा चयन भएका छन्। उनको चयनसँगै देश–विदेशमा रहेका नेपाली समुदायबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ।


नवनिर्वाचित युवा उपाध्यक्ष थापालाई विभिन्न क्षेत्रका व्यक्तित्वहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नेतृत्वमा युवा पुस्ताको सक्रिय सहभागिताले संस्थालाई अझ सशक्त, गतिशील र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।


यसैगरी, एनआरएनएको अध्यक्षमा सर्वसम्मत चयन भएका डा. हेमराज शर्मा सहित सम्पूर्ण नयाँ नेतृत्व टिमलाई पनि सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ नेतृत्वले “एकता, लगानी र गौरव” को भावनासहित विश्वभर छरिएर रहेका नेपालीलाई अझ मजबुत रूपमा जोड्दै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।


१२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले संस्थागत एकता, पारदर्शिता र प्रवासी नेपालीहरूको अधिकार तथा हितका विषयलाई थप सशक्त ढंगले अघि बढाउने विश्वास समेत गरिएको छ।


प्रतिक्रिया