प्रधानमन्त्री बालेन शाहको कडा निर्देशनपछि म्यानपावरमा छापा, ४३७ पासपोर्ट र ७.९० लाख नगद बरामद

theoutsidenepal.com


प्रधानमन्त्री बालेन शाहको कडा निर्देशनपछि म्यानपावरमा छापा, ४३७ पासपोर्ट र ७.९० लाख नगद बरामद



काठमाडौं । वैदेशिक रोजगारीका नाममा मलेसिया जान चाहने युवासँग २ लाख ७५ हजार रुपैयाँ मागिएको गुनासोपछि ललितपुरको जावलाखेलस्थित एक म्यानपावर कम्पनीमा श्रम मन्त्रालयले छापा मारेको छ।


जावलाखेलमा सञ्चालित ‘मुन म्यानपावर’मा श्रम मन्त्रालयको टोलीले छापा मार्दा ४३७ वटा पासपोर्ट र ७ लाख ९० हजार रुपैयाँ नगद फेला परेको जनाएको छ। फेला परेको नगदको कुनै रसिद तथा आधिकारिक कागजात नभेटिएको बताइएको छ।


श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि तत्काल अनुगमन तथा छापामार कारबाही गरिएको हो।


उनले प्रधानमन्त्री बालेन शाहको कडा निर्देशनपछि श्रम मन्त्रालय सक्रिय बनेको भन्दै वैदेशिक रोजगारीका नाममा ठगी गर्ने जो–कोहीलाई नछाडिने चेतावनी दिए।


सरोज यादवले म्यानपावर कम्पनीलाई सिल गरेर थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए। साथै वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि गुनासो आए २४सै घण्टा मन्त्रीको सचिवालय तत्पर रहने उनले बताए।


प्रतिक्रिया