बागेश्वरी माताको दर्शनपछि सांसद केपी खनालले लिए आशीर्वाद

theoutsidenepal.com

बागेश्वरी माताको दर्शनपछि सांसद केपी खनालले लिए आशीर्वाद

नेपालगञ्ज , २०८३ जेठ २२ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य केपी खनाल ले नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ श्री बागेश्वरी मन्दिर मा पुगेर पूजा–आराधना तथा दर्शन गरेका छन्।

सांसद खनालले सामाजिक सञ्जालमार्फत बागेश्वरी माताको दर्शन गरी आशीर्वाद लिने अवसर प्राप्त भएको उल्लेख गर्दै धार्मिक तथा आध्यात्मिक अनुभूति साटेका छन्। उनले मन्दिरको शान्त, पवित्र र आध्यात्मिक वातावरणले मनमा अद्भुत शान्ति, सकारात्मक ऊर्जा तथा आत्मविश्वास प्रदान गर्ने बताएका छन्।

उनले आफ्नो सन्देशमा बागेश्वरी माताप्रति श्रद्धा व्यक्त गर्दै “जय माँ बागेश्वरी! जय माता दी!” भन्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

नेपालगञ्जको बागेश्वरी मन्दिर पश्चिम नेपालको प्रमुख धार्मिक गन्तव्यका रूपमा परिचित छ। यहाँ दैनिक रूपमा हजारौँ भक्तजन दर्शन तथा पूजा–आराधनाका लागि पुग्ने गरेका छन्। धार्मिक आस्था बोकेको यस शक्तिपीठले नेपाली समाजमा विशेष महत्व राख्दै आएको छ।


प्रतिक्रिया