कोठा–कोठामा प्रधानमन्त्रीको फोटो नराख्न निर्देशन

theoutsidenepal.com

बालेन्द्र शाहको सचिवालयले सरकारी कार्यालयहरूमा अनावश्यक खर्च नियन्त्रण गर्ने उद्देश्यले नयाँ निर्देशन जारी गरेको छ। जारी सर्कुलर अनुसार, अब हरेक कोठामा प्रधानमन्त्रीको फोटो झुन्ड्याउने परम्परा रोक्ने निर्णय गरिएको छ।


सचिवालयले सर्कुलरमार्फत आवश्यक र औचित्य अनुसार मात्र फोटो राख्न आग्रह गर्दै, कोठा–कोठामा फोटो राख्ने अभ्यासले अनावश्यक आर्थिक भार सिर्जना गरेको जनाएको छ। विशेषगरी कूटनीतिक नियोग (डिप्लोमेटिक मिसन) बाहेकका सरकारी कार्यालयहरूमा यस्तो प्रवृत्ति नियन्त्रण गर्न जोड दिइएको छ।


सरकारले मितव्ययिता र खर्च व्यवस्थापनलाई प्राथमिकता दिएको सन्दर्भमा, यो कदम खर्च कटौतीतर्फको सकारात्मक प्रयासको रूपमा हेरिएको छ। परम्परागत रूपमा चल्दै आएको फोटो झुन्ड्याउने अभ्यासले बजेटमा अनावश्यक दबाब पारेको भन्दै अब यसलाई व्यवस्थित गर्ने योजना बनाइएको छ।


प्रतिक्रिया