जापानमा नेपालीका लागि दूतावासीय सेवा सहज बनाउन नागरिक सहायता कक्ष स्थापना

theoutsidenepal.com

जापानमा नेपालीका लागि दूतावासीय सेवा सहज बनाउन नागरिक सहायता कक्ष स्थापना

जापानमा रहेका नेपाली नागरिकलाई दूतावासीय सेवा अझ सहज, छिटो र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सहकार्यमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।

यस अवसरमा आयोजित कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, एनआरएनए जापानका पूर्वअध्यक्ष नविन न्यौरे, प्रवक्ता सचिन आचार्य, जनजाति महासंघ जापानका कार्यवाहक अध्यक्ष बुद्धि गौचन, मगर संघ जापानका अध्यक्ष भिक्टर थाडा मगर तथा नेपाली दूतावासका कर्मचारीहरूको सहभागिता रहेको थियो।

नागरिक सहायता कक्षमार्फत जापानमा रहेका नेपालीहरूले दूतावासीय सेवा, आवश्यक जानकारी तथा विभिन्न प्रशासनिक प्रक्रियामा सहज सहयोग प्राप्त गर्ने अपेक्षा गरिएको छ। एनआरएनए जापान र नेपाली दूतावासबीचको यस सहकार्यले प्रवासी नेपालीलाई थप प्रभावकारी सेवा प्रवाहमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।


प्रतिक्रिया