मोस्कोबाट राप्रपा प्रमुख सचेतक खुस्बु ओलीको अभिवादन
द टन न्युज । काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक तथा नेतृ खुस्बु ओलीले रुसको राजधानी मोस्कोबाट सम्पूर्ण नेपालीलाई अभिवादन गरेकी छन्।
ओलीले सामाजिक सञ्जालमार्फत “रसियाको मोस्कोबाट सम्पूर्णमा नमस्कार” भन्दै आफ्नो संक्षिप्त सन्देश सार्वजनिक गरेकी हुन्।
मोस्कोबाट सार्वजनिक गरिएको उक्त अभिवादनलाई ओलीको विदेश भ्रमणका क्रममा नेपाली नागरिक तथा शुभेच्छुकहरूसँग जोडिने प्रयासका रूपमा लिइएको छ। उनको भ्रमणको उद्देश्य तथा थप कार्यक्रमबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन।
21 September 2026