ग्वाङ्झाउमा एनआरएनए एसिया–प्रशान्त सम्मेलनको तयारी तीव्र, आयोजक भूमिकामा खुस्बु अग्रवालको सक्रियता चर्चामा
ग्वाङ्झाउ, चीन — गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनको तयारी तीव्र भइरहेका बेला एनआरएनए आईसीसी सदस्य तथा बसाई चिनकी खुस्बु अग्रवाल आयोजक टोलीको महत्वपूर्ण भूमिकामा रहेर सम्मेलनलाई भव्य र व्यवस्थित बनाउन अहोरात्र खटिएकी छन्।
“Rising Together, Leading Forward” भन्ने नारासहित आगामी अगस्ट १५ र १६, २०२६ मा चीनको ग्वाङ्झाउस्थित Crowne Plaza Guangzhou City Centre मा आयोजना हुन लागेको सम्मेलनमा विश्वका विभिन्न मुलुकमा रहेका नेपाली प्रतिनिधिहरूको सहभागिता रहनेछ।
सम्मेलनको तयारीका क्रममा होस्ट देश चीनमै रहेर अग्रवालले व्यवस्थापन, समन्वय, प्रतिनिधि स्वागत, कार्यक्रम तयारी तथा विभिन्न पक्षबीच सहकार्यका लागि निरन्तर सक्रियता देखाइरहेकी छन्। सम्मेलनलाई सफल बनाउन पर्दापछाडिबाट भइरहेको उनको निरन्तर मेहनत आयोजक वृत्तमा समेत महत्वपूर्ण मानिएको छ।
डेलिगेटका रूपमा मात्र नभई आयोजक टिमको सक्रिय सदस्यका रूपमा अग्रवालको उपस्थितिले सम्मेलनको तयारीलाई थप गतिशील बनाएको बताइएको छ। अन्तर्राष्ट्रियस्तरको ठूलो सम्मेलन चीनमा आयोजना भइरहेका बेला स्थानीय व्यवस्थापनदेखि सहभागी नेपाली प्रतिनिधिसँगको समन्वयसम्मका विभिन्न जिम्मेवारीमा उनको सक्रियता देखिएको छ।
प्रवासी नेपाली समुदायका सवाल, अनुभव र सम्भावनालाई साझा मञ्चमा प्रभावकारी रूपमा उठाउने उद्देश्यले आयोजना हुन लागेको सम्मेलनमा प्रवासी नेपालीका अधिकार, समुदायको एकता, लगानी, ज्ञान तथा सीपको उपयोग र नेपालको आर्थिक विकासमा डायस्पोराको योगदान लगायतका विषयमा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ।
एनआरएनएको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनलाई यसपटक केवल औपचारिक जमघटका रूपमा मात्र नभई विश्वभर छरिएका नेपालीहरूबीच सम्बन्ध विस्तार, अनुभव आदानप्रदान, साझा चुनौती पहिचान र समाधानका नयाँ बाटो खोज्ने महत्वपूर्ण मञ्च का रूपमा हेरिएको छ।
विशेषगरी प्रवासी नेपालीसँग रहेको ज्ञान, सीप, प्रविधि, पुँजी र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको समृद्धिसँग जोड्ने विषय सम्मेलनको प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ।
चीनमै रहेर सम्मेलनको तयारीमा निरन्तर खटिरहेकी खुस्बु अग्रवालको सक्रियतालाई युवा पुस्ताको नेतृत्व, महिला सहभागिता र डायस्पोरा अभियानप्रतिको प्रतिबद्धताको उदाहरण का रूपमा समेत हेरिएको छ। सम्मेलनलाई सफल बनाउन उनले विभिन्न सरोकारवाला तथा नेपाली समुदायसँग निरन्तर समन्वय गरिरहेकी छन्।
अग्रवालले सम्मेलनमा सहभागी हुँदै प्रवासी नेपालीका आवाजलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नुका साथै नेपाल र नेपाली समुदायबीच आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने अभियानमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
११औँ एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनको सफल आयोजनाका लागि एसिया–प्रशान्त क्षेत्रसहित विश्वभर रहेका नेपाली समुदायलाई सहभागी हुन आयोजक पक्षले आह्वान गरेको छ।
कार्यक्रम विवरण
📅 मिति: अगस्ट १५–१६, २०२६
📍 स्थान: Crowne Plaza Guangzhou City Centre, Guangzhou, China
🎯 नारा: Rising Together, Leading Forward