ढुक्क हुनुस्, राम्रो हुँदैछ : रवि लामिछानेसँग भेटपछि खगेन्द्र सुनारको सन्देश

theoutsidenepal.com

ढुक्क हुनुस्, राम्रो हुँदैछ : रवि लामिछानेसँग भेटपछि खगेन्द्र सुनारको सन्देश


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता खगेन्द्र सुनारले पार्टी सभापति रवि लामिछानेसँग भेटघाट गरेका छन्।


भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सुनारले “ढुक्क हुनुस्…. राम्रो हुँदैछ !” भन्दै आशावादी सन्देश दिएका छन्। उनले सभापति लामिछानेसँग समसामयिक राजनीतिक विषय, पार्टीको आगामी रणनीति तथा संगठन सुदृढीकरणका विषयमा छलफल भएको संकेत गरेका छन्।


सुनारको उक्त छोटो सन्देशलाई रास्वपा समर्थकहरूले सकारात्मक रूपमा लिएका छन् भने यसलाई पार्टीभित्रको एकता र आगामी राजनीतिक गतिविधिसँग जोडेर समेत हेरिएको छ।


प्रतिक्रिया