अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसरमा Non-Resident Nepali Association राष्ट्रिय समन्वय परिषद् (NCC) USA र USNepalToday को संयुक्त आयोजनामा विशेष भर्चुअल कार्यक्रम हुने भएको छ।
यस वर्षको मूल विषय “सामाजिक सञ्जाल र महिला सुरक्षा” तय गरिएको छ। डिजिटल युगमा सामाजिक सञ्जालको तीव्र विस्तारसँगै महिला सुरक्षा, साइबर हिंसा, गोपनीयता संरक्षण र डिजिटल सचेतनाजस्ता विषयहरू अत्यन्त संवेदनशील र महत्वपूर्ण बनेको सन्दर्भमा विज्ञ व्यक्तित्वहरूको सहभागितामा गहन छलफल गरिने आयोजकले जनाएका छन्।
कार्यक्रममा सञ्चारकर्मी Manisha Aryal Ghimire ले मोडरेटरको भूमिका निर्वाह गर्नेछिन्। विशेष वक्ताका रूपमा सञ्चारकर्मी तथा राजनीतिज्ञ Sareeta Shri Gyawali, राष्ट्रिय सूचना आयोगकी पूर्व आयुक्त Yashoda Timsina र BUST डिजिटल टेक्नोलोजी कार्यक्रमका संयोजक Dr. Rajib Subba सहभागी हुनेछन्। वक्ताहरूले सामाजिक सञ्जालमा महिलामाथि हुने दुर्व्यवहार, कानुनी संरचना, नीतिगत सुधार र डिजिटल साक्षरताबारे आफ्ना धारणा राख्नेछन्।
📅 मिति: शनिबार, February 28, 2026
⏰ समय: बिहान 9:30 AM EST / साँझ 8:15 PM काठमाडौं समय
📍 प्रत्यक्ष प्रसारण: NRNA NCC USA को आधिकारिक Facebook पेजमार्फत
कार्यक्रम संयोजन Sunita Khatri Nepal (VP, NRNA NCC USA) र Sarita Gurung (Community Engagement) ले गर्नेछन्।
आयोजकहरूले महिला सुरक्षा, डिजिटल अधिकार र सामाजिक जिम्मेवारीबारे खुला संवादमा सहभागी भई आफ्ना विचार राख्न सबैलाई हार्दिक आमन्त्रण गरेका छन्। डिजिटल युगमा सुरक्षित र समान सहभागिताको सुनिश्चितताका लागि यो कार्यक्रम महत्वपूर्ण बहसको मञ्च बन्ने अपेक्षा गरिएको छ।