प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

theoutsidenepal.com


प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक




बिहान ११ बजे सिंहदरबारमा बस्दै क्याबिनेट



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ले मन्त्रिपरिषद् बैठक आव्हान गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज बिहान ११ बजेदेखि सिंहदरबारमा बस्नेछ ।


बैठकमा समसामयिक राजनीतिक विषय, सरकारका प्राथमिकता, आगामी नीति तथा प्रशासनिक निर्णयबारे छलफल हुने अपेक्षा गरिएको छ ।


यसअघि बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख २८ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसअनुसार संसद अधिवेशनको तयारीसम्बन्धी विषय पनि आजको बैठकमा प्रवेश हुन सक्ने बताइएको छ ।


सरकारले पछिल्लो समय प्रशासनिक सुधार, डिजिटल पूर्वाधार विकास, आर्थिक गतिविधि विस्तार तथा सुशासनका एजेन्डालाई प्राथमिकतामा राख्दै आएको छ ।


प्रतिक्रिया