गृहमन्त्रीकै गाडीबाट सुरु भयो कालो सिसाविरुद्ध अभियान

theoutsidenepal.com

गृहमन्त्रीकै गाडीबाट सुरु भयो कालो सिसाविरुद्ध अभियान

काठमाडौं । सरकारले ट्राफिक नियम कडा बनाउन ऐन संशोधनको तयारी गरिरहेका बेला गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठ चढ्ने सरकारी गाडीको कालो सिसा हटाइएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोली आज सिंहदरबार पुगेर गृहमन्त्री र गृहसचिवको प्रयोगमा रहेका सवारी साधनबाट कालो सिसा हटाएको हो। ट्राफिक प्रहरीले देशभर कालो सिसाविरुद्ध अभियान सञ्चालन गरिरहेका बेला गृहमन्त्रीले आफ्नै सरकारी गाडीबाट अभियान सुरु गर्न निर्देशन दिएका थिए।

प्रहरीका अनुसार कालो सिसा लगाइएका सवारी साधन आपराधिक गतिविधिमा प्रयोग हुने, यात्रु तथा चालकको पहिचान गर्न कठिन हुने र सुरक्षा चुनौती बढाउने भएकाले यस्तो अभियान सञ्चालन गरिएको हो।

सरकारले ट्राफिक नियमलाई थप प्रभावकारी बनाउन कानुनी व्यवस्था संशोधन गर्ने तयारी गरिरहेको जनाएको छ। यसैक्रममा सार्वजनिक पदमा रहेका व्यक्तिहरूबाटै कानुनको पालना सुरु गरिएको सन्देश दिन गृहमन्त्री र गृहसचिवको गाडीबाट कालो सिसा हटाइएको बताइएको छ।

प्रतिक्रिया