मोरङ–३ : नेपाली कांग्रेसमा जनसमर्थन थप्दै डा. सुनिल कुमार शर्मा

theoutsidenepal.com

मोरङ–३ अन्तर्गत बेलबारी नगरपालिका वडा नं. ९ को माझी बस्तीका ३ गाउँका करिब ३०० जना र सुन्दरहरैचा तथा बेलबारी नगरपालिकाका ५० जना जेन–जी युवाहरूले नेपाली कांग्रेसमा प्रवेश गरी नेता डा. सुनिल कुमार शर्माप्रति आफ्नो विश्वास र भरोसा व्यक्त गरेका छन्। यसलाई डा. शर्मा र उनका समर्थकहरूले हार्दिक स्वागत तथा बधाईको अवसरका रूपमा लिएका छन्।


त्यसैगरी, आज कानेपोखरी गाउँपालिका, बेलबारी र सुन्दरहरैचा नगरपालिकाका विभिन्न स्थानमा डा. शर्मा नेतृत्वमा घरदैलो कार्यक्रम सम्पन्न भएका छन्। कार्यक्रममा स्थानीय जनता, युवा र महिला सहभागिताले उत्साहपूर्ण वातावरण सिर्जना गरेको छ।


स्थानीय स्रोतका अनुसार, डा. शर्मा निरन्तर जनसंपर्क र सेवा भावका साथ गाउँ–सहरभर सक्रिय रहेका छन्। यसले उनका प्रतिद्वन्द्वीहरूका तुलनामा उनलाई चुनावी फाइदा दिलाएको छ। मोरङ–३ का जनताले उनलाई समाजसेवी र जनप्रिय नेता भनेर उच्च सम्मानका साथ हेरेका छन्।


यसरी निरन्तर जनसमर्थन र विश्वासको आधार तयार गर्दै, डा. सुनिल कुमार शर्मा मोरङ–३ मा नेपाली कांग्रेसको विजय नजिक पुग्ने संकेत देखिन थालेका छन्।


प्रतिक्रिया