अमेरिकास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र शाह सामाजिक सेवा, समुदायिक एकता र नेपाली पहिचानको संरक्षणमा सक्रिय र समर्पित नेतृत्वका रूपमा चिनिएका छन्। उनले प्रवासमा रहेका नेपालीहरूको हक–हित संरक्षण, आपतकालीन सहयोग तथा युवा पुस्तालाई समाजसेवामा जोड्ने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।
शाहको नेतृत्वमा विभिन्न सामाजिक अभियान, राहत कार्यक्रम, सांस्कृतिक प्रवर्द्धन र आपसी सहकार्यका गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन हुँदै आएका छन्। विशेषगरी संकटको समयमा नेपाली समुदायलाई एकताबद्ध गर्दै सहयोग पुर्याउने उनको पहल प्रशंसनीय मानिन्छ।
उनको दूरदर्शी सोच, सकारात्मक ऊर्जा र निरन्तर सक्रियताले प्रवासमा नेपाली समुदायलाई अझ सशक्त बनाएको छ। सामाजिक उत्तरदायित्वप्रति उनको समर्पण र सेवाभावले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।
सतेन्द्र शाहको आगामी यात्राका लागि हार्दिक शुभकामना तथा निरन्तर सफलताको कामना।