नेपाल फेस्टिभल नागोया २०२६ तथा मिनी एक्स्पो सफलतापूर्वक सम्पन्न

theoutsidenepal.com

नेपाल फेस्टिभल नागोया २०२६ तथा मिनी एक्स्पो सफलतापूर्वक सम्पन्न

जापानको नागोयामा आयोजित नेपाल फेस्टिभल नागोया २०२६ तथा मिनी एक्स्पो भव्य रूपमा सम्पन्न भएको छ। नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाली कला, संस्कृति, पर्यटन, व्यापार तथा लगानीका विविध पक्षहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो।


कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको अवसरमा रोबिन शेरचन ले सम्पूर्ण आयोजक समिति, स्वयंसेवक, दाता, कलाकार, प्रायोजक तथा सहभागीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। साथै, कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरेकोमा आयोजक टोलीप्रति विशेष आभार समेत व्यक्त गर्नुभएको छ।


उहाँले नेपाल फेस्टिभल तथा मिनी एक्स्पोले नेपाल र जापानबीचको मित्रता, सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन, व्यापारिक सहकार्य तथा जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभयो। साथै नेपालको सांस्कृतिक विविधता, पर्यटन सम्भावना, स्वदेशी उत्पादन तथा लगानीका अवसरहरूलाई जापानी समाजमाझ परिचित गराउने प्रभावकारी माध्यमका रूपमा कार्यक्रम सफल भएको उल्लेख गर्नुभयो।


वरिष्ठ उपाध्यक्ष शेरचनले यस्ता कार्यक्रमहरूले विदेशमा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउनुका साथै नेपालको पर्यटन, आर्थिक विकास तथा नेपाल–जापान सम्बन्धलाई अझ विश्वासिलो, प्रगाढ र दीर्घकालीन बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा जापानस्थित नेपाली समुदाय, विभिन्न संघसंस्था, व्यवसायी, कलाकार तथा जापानी नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नेपाल–जापान सम्बन्धलाई थप उचाइमा पुर्‍याउने उद्देश्यसहित सम्पन्न भएको यो कार्यक्रमलाई ऐतिहासिक तथा सफल आयोजनाका रूपमा हेरिएको छ। 


प्रतिक्रिया