संवैधानिक परिषद्को पहिलो बैठक बोलाए प्रधानमन्त्री शाह, प्रधानन्यायाधीश नियुक्ति मुख्य एजेन्डा

theoutsidenepal.com

संवैधानिक परिषद्को पहिलो बैठक बोलाए प्रधानमन्त्री शाह, प्रधानन्यायाधीश नियुक्ति मुख्य एजेन्डा


काठमाडौं — प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह ले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार साँझ ५ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो।


गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि शाहले पहिलो पटक परिषद्को बैठक बोलाएका हुन्। यसअघि सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो, जसअनुसार अब परिषद्का ६ सदस्यमध्ये ३ जनाले निर्णय लिन सक्ने व्यवस्था गरिएको छ।


प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने विषय मुख्य एजेन्डा रहनेछ। सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत सेवानिवृत्त भएपछि अदालत नेतृत्वविहीन बनेको छ। हाल वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल ले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेकी छन्।


यसैगरी, निर्वाचन आयोगलगायतका विभिन्न संवैधानिक निकायमा पदाधिकारी रिक्त रहेकाले बैठकबाट ती पदहरूमा पनि नयाँ नियुक्ति गर्ने तयारी गरिएको छ।


प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‍मा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, विपक्षी दलका नेता तथा प्रधानन्यायाधीश सदस्य रहने प्रावधान छ।


प्रतिक्रिया