‘देश र जनता रोइरहेको बेला अरूलाई गाली नगरौँ, सक्छौँ भने सहयोग र प्रार्थना गरौँ’ : राजशान्ति सुनार

theoutsidenepal.com

‘देश र जनता रोइरहेको बेला अरूलाई गाली नगरौँ, सक्छौँ भने सहयोग र प्रार्थना गरौँ’ : राजशान्ति सुनार

काठमाडौं । बेलायतमा बस्दै आउनुभएका वरिष्ठ समाजसेवी राजशान्ति सुनारले विपद्को संवेदनशील घडीमा एक–अर्कालाई दोषारोपण तथा गालीगलौज गर्नुभन्दा मानवीय सहयोग र प्रार्थनामा जुट्न आग्रह गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले देश र जनता दुःखमा रहेका बेला नकारात्मक टिप्पणी र गालीगलौज गर्नु उचित नभएको बताउनुभएको हो।उहाँले लेख्नुभएको छ, “देश र जनता रोइरहेको बेला किन अरूलाई गाली गर्छौ? तिम्रो आत्मामा भगवान छैन हो? कतै तिमी राक्षस त होइन?”

सुनारले विपद्को समयमा सक्नेले सहयोग गर्न र नसक्नेले प्रभावित नागरिकको जीवनरक्षाका लागि प्रार्थना गर्न आग्रह गर्नुभएको छ।

“सक्छौ भने सहयोग र प्रार्थना गर।” भन्दै उहाँले सबैलाई मानवीय संवेदना र एकताको सन्देश दिनुभएको छ।

प्रतिक्रिया