बैतडी–१ मा कांग्रेसको लहर, चतुरबहादुर चन्द जीत नजिक

theoutsidenepal.com

बैतडीमा चुनावी सरगर्मी बढ्दै जाँदा नेपाली कांग्रेसको पक्षमा माहोल थप मजबुत बन्दै गएको छ। जिल्लाको सुर्नया गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष हर्कबहादुर पाण्डे कांग्रेसमा प्रवेश गरेसँगै बैतडी–१ मा राजनीतिक तरंग थप तीव्र भएको छ।


२०७४ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट वडा अध्यक्षमा निर्वाचित भएका पाण्डे पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा आवद्ध थिए। विभिन्न राजनीतिक अनुभव बटुलेका पाण्डे आज सिगास गाउँपालिकाको गाँजरीमा आयोजित एक विशेष कार्यक्रममा औपचारिक रूपमा कांग्रेसमा प्रवेश गरेका हुन्।


कार्यक्रममा कांग्रेस बैतडीका उपसभापति एवं प्रचारप्रसार समिति संयोजक बिरबहादुर बिष्टले पाण्डेलाई पार्टीमा स्वागत गर्दै यस प्रवेशले बैतडी–१ मा कांग्रेसलाई थप उर्जा मिलेको बताए।


उक्त कार्यक्रममा चतुरबहादुर चन्दले पाण्डेलाई टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका चन्दले लोकतन्त्र सुदृढीकरण, विकास निर्माण र समावेशी नेतृत्वका लागि कांग्रेस नै विश्वसनीय विकल्प भएको दाबी गरे।


निर्वाचन मिति नजिकिँदै जाँदा घरदैलो अभियान, भेटघाट कार्यक्रम र जनसंवादलाई तीव्र बनाइएको कांग्रेसको भनाइ छ। स्थानीय तहदेखि संघीय तहसम्म कांग्रेसप्रति आकर्षण बढ्दै गएको नेताहरूको दाबी छ।


बैतडी–१ मा संगठन सुदृढ, कार्यकर्ता उत्साहित र मतदाताको साथ व्यापक बन्दै गएको विश्लेषण गरिएको छ। पछिल्ला गतिविधि र प्रवेशको लहरले चतुरबहादुर चन्द जीत नजिक पुगेको र क्षेत्रमा कांग्रेसको व्यापक माहोल बनेको आकलन गरिएको छ।


प्रतिक्रिया