राजसंस्थाको पक्षमा जडिबुटीमा वृहत जन–प्रदर्शन, शाहि युवा शक्ति नेपालको आह्वान

theoutsidenepal.com

राजसंस्थाको पक्षमा जडिबुटीमा वृहत जन–प्रदर्शन, शाहि युवा शक्ति नेपालको आह्वान


काठमाडौं —

राजसंस्थाको पुनर्स्थापनाको मागसहित राजधानी काठमाडौंमा वृहत जन–प्रदर्शन आयोजना गरिने भएको छ। शाहि युवा शक्ति नेपालले “राजा ल्याऔं, देश बचाऔं” भन्ने मूल नाराका साथ २०८२ माघ १० गते शनिबार काठमाडौंको जडिबुटी क्षेत्रमा जन–प्रदर्शन गर्न लागेको हो।


पोस्टरमा उल्लेख भएअनुसार यदि माघ १० गते जडिबुटी भेला भए, त्यसपछि भक्तपुर दरबार स्क्वायर जाने कार्यक्रम रहेको छ। राजाको वक्तव्यको स्वागतस्वरूप आयोजना गरिने यस प्रदर्शनमा आम नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।


कार्यक्रम दिउँसो १२:०० बजे सुरु हुने जनाइएको छ। आयोजकका अनुसार यो जन–प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न गरिनेछ र राजसंस्थाप्रति समर्थन जनाउनेहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।


उक्त सूचनाबारे शाहि युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले द आउटसाइड नेपाल मिडिया ‘टन’ लाई जानकारी गराएका हुन्।


शाहि युवा शक्ति नेपालले सबै राजसंस्था समर्थक, युवा तथा नागरिकहरूलाई कार्यक्रममा सहभागी भई आफ्नो धारणा प्रकट गर्न आग्रह गरेको छ।


प्रतिक्रिया