न्यूयोर्कमा सुरु हुँदैछ संयुक्त राष्ट्रसंघको ८१औँ महासभा, पन्थीको नजरमा विश्वमञ्चको ऐतिहासिक क्षण

theoutsidenepal.com

न्यूयोर्कमा सुरु हुँदैछ संयुक्त राष्ट्रसंघको ८१औँ महासभा, पन्थीको नजरमा विश्वमञ्चको ऐतिहासिक क्षण

द टन न्युज । न्यूयोर्क/काठमाडौं ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत उच्चस्तरीय General Debate आजदेखि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा सुरु हुँदैछ। सेप्टेम्बर २२ देखि २८ सम्म सञ्चालन हुने महासभामा विश्वका राष्ट्र तथा सरकार प्रमुखहरूले अन्तर्राष्ट्रिय मुद्दामा आफ्ना धारणा राख्नेछन्। यस वर्षको मुख्य विषय ‘Restoring trust, managing transformation: a United Nations that delivers for all’ रहेको छ। 


यही अवसरमा अमेरिकाबाट सञ्चालन हुँदै आएको नेपाली मिडिया Khasokhas Media का प्रमुख किशोर पन्थीले सामाजिक सञ्जालमार्फत न्यूयोर्कस्थित महासभा उद्घाटनको तयारीबारे जानकारी सार्वजनिक गरेका छन्। पन्थीका अनुसार उच्चस्तरीय बहसको उद्घाटन समारोहका लागि वातावरण तयार भइसकेको छ र केही बेरमा संयुक्त राष्ट्रसंघका महासचिव, ब्राजिलका राष्ट्रपति तथा अमेरिकी राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।


परम्पराअनुसार महासभाको General Debate मा ब्राजिलले पहिलो र अमेरिकाले दोस्रो वक्ताका रूपमा सम्बोधन गर्ने अभ्यास छ। २०२६ को महासभामा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पहिलो तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसपछि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 


नेपालबाट भने प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको General Debate लाई सम्बोधन गर्ने तय भएको छ। उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। 


यसअघि नै परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली टोली न्यूयोर्क पुगिसकेको छ। मन्त्री खनालले महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा द्विपक्षीय भेटवार्तामा सहभागिता जनाइरहेका छन्। 

अमेरिकामै रहेर नेपाली डायस्पोरा, नेपाल–अमेरिका सम्बन्ध तथा समसामयिक विषयमा पत्रकारिता गर्दै आएको Khasokhas Media का प्रमुख किशोर पन्थीले महासभाको प्रत्यक्ष वातावरण र गतिविधिबारे सामाजिक सञ्जालमार्फत जानकारी दिइरहेका छन्।

द टन न्युजले पनि न्यूयोर्कबाट हुने प्रधानमन्त्री शाहको सम्बोधन तथा महासभासँग सम्बन्धित महत्वपूर्ण गतिविधिलाई निरन्तर प्राथमिकताका साथ प्रस्तुत गर्नेछ।

#UNGA81 #Nepal #BalendraShah #KishorPanthi #Khasokhas #NewYork #UNGA2026 #TheTONnews #NepalInUNGA


प्रतिक्रिया