ग्लोबल भुटानी हिन्दू संगठनका अध्यक्ष कमल धिमाललाई मातृशोक

theoutsidenepal.com

ग्लोबल भुटानी हिन्दू संगठनका अध्यक्ष कमल धिमाललाई मातृशोक


अमेरिका, ३० एप्रिल २०२६ — Global Bhutanese Hindu Organization का अध्यक्ष कमल धिमाललाई मातृशोक परेको छ। उहाँकी आमा गोमा देवी धिमालको आज बिहान आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।


स्वर्गीय गोमा देवी धिमालको निधनसँगै भुटानी समुदायमा गहिरो शोक छाएको छ। उहाँका श्रीमान् टीकाराम धिमाललाई सन् १९९१ मा भूटान सरकारले हत्या गरेको थियो। त्यसपछि गोमा देवीले परिवारलाई साहसका साथ सम्हाल्दै संघर्षपूर्ण जीवन बिताएकी थिइन्।


धिमाल परिवार भुटानी समाजमा शहीद परिवारका रूपमा परिचित रहँदै आएको छ। गोमा देवीको निधनले भुटानी शरणार्थी समुदाय तथा वैदिक सनातन धर्मावलम्बीहरूमा भावुकता थपिएको बताइएको छ।


Global Bhutanese Hindu Organization लगायत विभिन्न सामाजिक तथा धार्मिक संस्थाहरूले स्वर्गीय गोमा देवीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै आत्माको चिरशान्तिको कामना गरेका छन्।


यस दुःखद घडीमा अध्यक्ष कमल धिमाल तथा शोकसन्तप्त परिवारप्रति भुटानी समुदायले गहिरो समवेदना व्यक्त गरेको छ।


प्रतिक्रिया