मोरङ–३: विदेशबाटै डा. सुनिल शर्मालाई मतदाता समर्थन, विजयी यात्रा नजिक

theoutsidenepal.com

मोरङ क्षेत्र नम्बर ३ — प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. सुनिल शर्मा प्रति जनसमर्थन दिन-बढ्दो छ। रोजगारीको सिलसिलामा कतारमा रहेका मतदाता धिरज चाम्लिङ विशेष रूपमा निर्वाचनमा मतदान गर्न स्वदेश फर्किएका छन्।


धिरज चाम्लिङले हमाद अन्तर्राष्ट्रिय विमानस्थल, दोहाबाट काठमाडौं प्रस्थान गर्ने क्रममा सामाजिक सञ्जालमार्फत प्रत्यक्षतर्फ डा. सुनिल शर्मालाई विजयी बनाउने स्पष्ट प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले डा. शर्मालाई विकास, सेवा र जनताको समस्यामा प्रत्यक्ष जोडिएका सक्षम नेताका रूपमा उल्लेख गर्दै आफ्नो मत सुनिश्चित गर्न मातृभूमि फर्किएको बताए।


उनी समानुपातिकतर्फ नेपाली कांग्रेसलाई मतदान गर्ने र देशमा सकारात्मक नेतृत्व स्थापना गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन्। विदेशमा रहँदा पनि यस्तो सक्रिय समर्थन देखिनु मोरङ–३ मा चुनावी माहोल थप उत्साहित बनाउने संकेत हो।


निर्वाचन नजिकिँदै जाँदा डा. सुनिल शर्माको पक्षमा स्वदेश तथा विदेशबाट समर्थन निरन्तर बढ्दै गएको देखिन्छ। स्थानीयहरूले विश्वास व्यक्त गरेका छन् कि भारी जनमतसहित डा. शर्मा विजयी हुने सम्भावना बलियो छ।


प्रतिक्रिया