Korean Beauty Court र Aurora Plastic Surgery Hospital बीच ऐतिहासिक सहकार्य, MOU सम्पन्न

theoutsidenepal.com

Korean Beauty Court र Aurora Plastic Surgery Hospital बीच ऐतिहासिक सहकार्य, MOU सम्पन्न

काठमाडौं। नेपाल र दक्षिण कोरियाबीच मेडिकल शिक्षा, प्लास्टिक सर्जरी तथा मेडिकल टुरिजमको क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ। Korean Beauty Court र दक्षिण कोरियाको प्रतिष्ठित Aurora Plastic Surgery Hospital बीच Plastic Surgery Education, Medical Education, Medical Tourism तथा Advanced Surgical Collaboration लाई सुदृढ बनाउने उद्देश्यसहित Memorandum of Understanding (MOU) सम्पन्न भएको छ।


यस रणनीतिक सहकार्यसँगै नेपालका चिकित्सक, एस्थेटिक प्रोफेसनल तथा ब्यूटी उद्योगसँग आबद्ध व्यक्तिहरूले अन्तर्राष्ट्रियस्तरको शिक्षा, तालिम र व्यावसायिक अनुभव प्राप्त गर्ने अवसर पाउने विश्वास गरिएको छ।


सम्झौताअनुसार विश्वस्तरीय Plastic Surgery तथा Aesthetic Medicine Education, कोरियाली स्वास्थ्य प्रणालीमा आधारित Professional Training Programs, नेपाल–कोरिया Medical Tourism Coordination, Plastic Surgery Consultation, Surgery Referral तथा Post-operative Care Support का सेवा विस्तार गरिनेछ। साथै अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग Clinical Observation, Knowledge Exchange तथा नेपाली चिकित्सक एवं एस्थेटिक क्षेत्रका व्यवसायीहरूका लागि विशेष शैक्षिक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

Korean Beauty Court ले यस सहकार्यले नेपाल र दक्षिण कोरियाबीच Medical Beauty, Plastic Surgery, Medical Education तथा Healthcare Collaboration लाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

संस्थाका अनुसार Korean Beauty Court को उद्देश्य सेवा प्रदान गर्नुमा मात्र सीमित नभई नेपाल र दक्षिण कोरियाबीच विश्वसनीय Medical Bridge निर्माण गर्दै अन्तर्राष्ट्रियस्तरको ज्ञान, आधुनिक प्रविधि तथा गुणस्तरीय उपचार नेपाली समुदायसम्म पुर्‍याउनु हो।


संस्थाले यस यात्रामा साथ, विश्वास र सहयोग पुर्‍याउने सम्पूर्ण सेवाग्राही, साझेदार तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ धेरै अन्तर्राष्ट्रिय अवसर, गुणस्तरीय शिक्षा तथा उत्कृष्ट स्वास्थ्य सेवासहित अघि बढ्ने प्रतिबद्धता जनाएको छ।



प्रतिक्रिया