काठमाडौं — नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार दिउँसो चलचित्र विकास बोर्डमा राखिएको छ। कलाकार, चलचित्रकर्मी तथा शुभेच्छुकहरूको बोर्ड परिसरमा बाक्लो उपस्थिति देखिएको छ।
शनिबार बिहान ६८ वर्षको उमेरमा निधन भएका थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न चलचित्रकर्मीहरूको घुइँचो लागेको छ। नेपाली चलचित्र क्षेत्रमा उनले पुर्याएको योगदानलाई स्मरण गर्दै सहकर्मीहरूले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।
आजै उनको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।
08 February 2026