छोराको जन्मदिनमा पवित्रा गौतमको अनुकरणीय पहल : बाढीपीडितका लागि ४३ हजार ५ सय सहयोग

theoutsidenepal.com

छोराको जन्मदिनमा पवित्रा गौतमको अनुकरणीय पहल : बाढीपीडितका लागि ४३ हजार ५ सय सहयोग

काठमाडौं । वरिष्ठ समाजसेवी पवित्रा गौतमले छोराको जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउने अनुकरणीय सामाजिक कार्यमा समर्पित गरेकी छन्।

छोराको जन्मदिनको अवसर पारेर गौतमले नेपालमा बाढीपहिरोबाट प्रभावित तथा पीडित नेपालीहरूको उद्धार, राहत तथा सहयोगका लागि रु. ४३ हजार ५ सय आर्थिक सहयोग गरेकी छन्। उनले आफ्नो तर्फबाट गरिएको सहयोगसँगै अस्ट्रेलियामा रहेका छोराले समेत नेपाल र नेपालीको दुःखलाई आफ्नै दुःख सम्झिँदै सरकारले तोकेको आधिकारिक खातामार्फत सहयोग गरेको जानकारी दिएकी छन्।

जन्मदिनको खुसीलाई विपद्मा परेका परिवारको पीडासँग जोड्ने गौतमको यो कदम सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको प्रेरणादायी उदाहरण बनेको छ।

गौतमले छोराको जन्मदिनको अवसरमा व्यक्त गरेको सन्देशमा देशप्रेम, मानवीय भावना र मातृभूमिप्रतिको जिम्मेवारीलाई विशेष प्राथमिकता दिएकी छन्। नेपालमा बसोबास गर्ने मात्र नभई विश्वका जुनसुकै कुनामा रहेका नेपालीले पनि आफ्नो देश र नेपालीको दुःखमा साथ दिनुपर्ने उनको धारणा छ।

उनले देश निर्माणको जिम्मेवारी नेपाली स्वयंको भएको उल्लेख गर्दै अरू कसैले आएर देश बनाइदिन्छ भन्ने मानसिकता त्याग्नुपर्ने सन्देशसमेत दिएकी छन्।

विशेषगरी नयाँ पुस्तालाई लक्षित गर्दै गौतमको सन्देश छ— देश रहे मात्र हामी रहन्छौँ। नेपाली जहाँ रहे पनि मातृभूमिप्रतिको माया, जिम्मेवारी र मानवीय संवेदना कहिल्यै कमजोर हुनु हुँदैन।

छोराको जन्मदिनमा गरिएको यो सहयोगले गौतमको समाजसेवा केवल भाषण र अभिव्यक्तिमा सीमित नभई व्यवहारमै देखिने गरेको प्रमाणित गरेको छ। व्यक्तिगत खुसीको अवसरलाई सामाजिक सेवासँग जोड्दै उनले नेपाली समाजमा ‘खुसी बाँडौँ, पीडामा साथ दिऔँ’ भन्ने सकारात्मक संस्कारको सन्देश दिएकी छन्।

गौतमले छोराको सुख, समृद्धि र देशप्रतिको प्रेम सधैँ कायम रहोस् भन्ने कामना गर्दै जन्मदिनको शुभकामना दिएकी छन्। साथै, विपद्को पीडामा रहेका सम्पूर्ण नेपालीप्रति माया, सद्भाव र ऐक्यबद्धता व्यक्त गरेकी छन्।

जन्मदिनको उत्सवलाई पीडितको सेवामा समर्पित गर्ने पवित्रा गौतमको यो पहल आफैँमा एउटा सुन्दर सामाजिक सन्देश बनेको छ— नेपाली जहाँ भए पनि नेपाल र नेपालीको दुःखमा एकजुट भएर उभिन सक्छन्।


प्रतिक्रिया