पूर्वमन्त्री दीपक खड्का थुनामुक्त, सर्वोच्च अदालतको आदेश

theoutsidenepal.com

द टन न्युज,काठमाडौं — सर्वोच्च अदालत नेपाल ले पूर्वमन्त्री दीपक खड्का लाई थुनामुक्त गर्न आदेश दिएको छ।

उनकी पत्नी विनिता थापा ले दायर गरेको बन्दी प्रत्यक्षीकरण (हैबियस कर्पस) रिटमाथि सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेल को संयुक्त इजलासले यस्तो आदेश दिएको हो।


अदालतले रिटमाथि सुनुवाइपछि खड्कालाई गैरकानुनी रूपमा थुनामा राखिएको ठहर गर्दै तत्काल रिहा गर्न आदेश दिएको जनाइएको छ।


यस आदेशसँगै पूर्वमन्त्री खड्काको रिहाइको प्रक्रिया अघि बढ्ने भएको छ। अदालतको निर्णयलाई कानुनी दृष्टिले महत्वपूर्ण मानिएको छ, जसले व्यक्तिगत स्वतन्त्रता र न्यायिक प्रक्रियाको संरक्षणमा जोड दिएको विश्लेषण गरिएको छ।


प्रतिक्रिया