उद्योगमन्त्री गौरी कुमारी यादवको प्रेस संयोजकमा कमल चौलागाई नियुक्त
काठमाडौं । गौरी कुमारी यादवको प्रेस संयोजकमा सञ्चारकर्मी कमल चौलागाई नियुक्त हुनुभएको छ।
सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै पत्रकारिता तथा जनसम्पर्कको अनुभव बटुल्नुभएका चौलागाई आज उद्योगमन्त्री यादवको प्रेस संयोजकका रूपमा नियुक्त हुनुभएको हो।
उहाँको नियुक्तिसँगै मन्त्रालयका गतिविधि, नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चारमाध्यम र आमजनतासम्म पुर्याउन थप सहज हुने अपेक्षा गरिएको छ। मन्त्रालयले चौलागाईलाई सफल कार्यकालका लागि शुभकामना दिएको छ।
29 June 2026