प्रवासी नेपालीका लागि नयाँ नेतृत्व, नयाँ आशा
काठमाडौं – म्याग्दी प्रवासी नेपाली समाज (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्ष जस्तो गरिमामय पदमा मिम पुर्जा सर्वसम्मत रूपमा चयन हुनुभएको छ।
उहाँको नेतृत्वमा मोना अन्तर्राष्ट्रियले प्रवासी नेपाली समुदायलाई अझ संगठित, सशक्त र प्रभावकारी बनाउने विश्वास गरिएको छ। सर्वसम्मत चयनले उहाँप्रति विश्वभर रहेका सदस्यहरूको गहिरो भरोसा र सम्मान झल्काएको छ।
मिम पुर्जाले लामो समयदेखि सामाजिक सेवा, समुदायको हित र प्रवासी नेपालीबीच एकता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ। उहाँको अनुभव, नेतृत्व क्षमता र समर्पणले आगामी दिनमा संस्थालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
नवनियुक्त अध्यक्षलाई विभिन्न देशमा रहेका नेपाली समुदायले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
उहाँको नेतृत्वमा मोनाले शिक्षा, स्वास्थ्य, राहत, आपतकालीन सहयोग तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने विश्वास लिइएको छ।