सशस्त्र प्रहरीका नवनियुक्त आईजीपी नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान

theoutsidenepal.com

सशस्त्र प्रहरीका नवनियुक्त आईजीपी नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान


काठमाडौँ — सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।


गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले आईजीपी पौडेललाई दर्ज्यानी चिन्ह लगाई पदोन्नतिको औपचारिकता पूरा गरेका हुन्।


मन्त्रिपरिषद्को वैशाख १४ गतेको बैठकले पौडेललाई सशस्त्र प्रहरी बलको १३औं आईजीपीमा नियुक्त गरेको थियो। यसअघि कार्यरत आईजीपी राजु अर्याल वैशाख १८ गतेदेखि अनिवार्य अवकाशमा गएका थिए।


नवनियुक्त आईजीपी पौडेलले संगठनलाई थप सुदृढ, अनुशासित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया